गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाले भाेली गुठि पञ्चमीकाे अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै भाेली बुधबार मङ्सिर ५ गते परेको गुठी पञ्चमीको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
देशकै प्रसिद्ध धार्मिकस्थल तिर्थ स्थल मनकामना मन्दिरमा बिशेष मेला लाग्ने भएकाले भाेली (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले हरेक बर्ष गुठी पञ्चमकीको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिदै आएको गाउँपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत यामबहादुर बृकट्टाले जानकारी दिनुभयो ।
शहिद लखन गाउँपालिकाद्वारा जारी सार्वजनिक बिदा सम्बन्धि सुचना