काठमाडौँ, बिहिबार, १ चैत्र २०८० । गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ५ जरेवर निवासी ६१ वर्षीय पुरुष गंगाबहादुर लामा टाटा स्मारक केन्द्र, टाटा स्मारक अस्पताल केन्द्र मुम्बईमा उपचार गराउदै आएका छन् ।
लामाको दाहिने फोक्सोको क्यान्सर भएपछि करिब १ महिनादेखि उपचारका लागि मुम्बईमा छन् । मुम्बईमा पनि उपचार सम्भव हुन नसकेपछि उनका छोरा असमान लामाले नेपाल लिएर आउने तयारी गरेपनि हवाई यात्रा अनुमति पाउन सकेका छैनन् ।
बुबाको उपचार सम्भव पनि छैन, घर लिएर जान पाएको छैन, निराश हुदै दुःखेसो पोखे । घर जाने भनेको आज ४ दिन बितिसक्दा पनि मेरो बुबालाई नेपाल लिएर जान कठिन भएको छ ।
मुम्बईदेखि काठमाडौंंसम्म लाग्ने भाडादर लगभग पाचँ लाख रुपैयाँ लाग्ने कुरा गर्दै आसामानले भने, ‘जहाज भाडा तिरेर पनि आफ्नो बुबालाई नेपाल लिएर जान पाएको छैन् ।’ लाग्ने हवाई खर्च करिव पाँच लाख दिन तयार भएपनि हवाई यात्रा अनुमति चाडै व्यवस्था गरिदिन उनले आग्रह गरे ।
गंगाबहादुर लामालाई अक्सिजन सपोर्टको साथ एयर एम्बुलेन्स मार्फत नेपाल लिएर जान टाटा स्मारक अस्पताल प्रशासनले पत्र उपलब्ध गराएको छ ।