Skip to content Skip to sidebar Skip to footer

‘साहित्यमा महिलाको भाषा’

काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी’ विषयक छलफल तथा अन्तरक्रियामा उनले महिलाको भाषा र चुनौतीबारे साहित्यमार्फत उठान गर्नुपर्ने बताइन् ।

लेखक थापाले भनिन्, “महिलाको भाषा के हो ? शब्द के हो ? यही नै चुनौती नयाँ आउने महिला लेखकले उठाउनुपर्छ ।”

उनले नेपाली साहित्यमा ‘नेपाल’ नै आउन नसकेको जिकिर गरिन् । “साहित्यमा एउटै जात र पुरुषको बोलवाला छ । उनीहरूकै कृति र कथाहरू छन् । महिलाभित्रको इच्छा र जटिलता झल्किन नसक्ने कृति पाएको छैन”, थापाले भनिन् ।

लेखक तथा प्राध्यापक अरुण गुप्ताले भान्छादेखि लेख्ने टेबुलसम्म महिलाहरूलाई अवरोध रहेको बताए । उनले भने, “आलोचनात्मक तथा समालोचनात्मक लेखनमा महिलाहरूले अवरोध खेपेका छन् । धार्मिक अनुष्ठानले पनि ठूलो अवरोध गर्दछ । कुनै पनि रचनात्मक अध्ययन, लेखनभन्दा पनि किनमेल, पूजा सामग्री जुटाउनमै व्यस्त हुन पुग्छन् । महिलाहरू नै बढी चापमा परेका हुन्छन् ।”

गुप्ताले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखकहरूलाई पनि उचित ठाउँ दिनुपर्ने बताए । कवि र फिल्म निर्माता उपेन्द्र सुब्बाले नेपाली सिनेमा निर्माणमा पुरुषप्रधान विचार धाराको प्रभुत्वले महिलाको कथा र मुद्दाले कसरी स्थान पाएको छ त ? भन्ने प्रश्नमा पहिलेभन्दा अहिलेका सिनेमामा महिलाका मुद्दाले प्राथमिकता पाइरहेको बताए । यद्यपि यो पर्याप्त नरहे पनि भविष्य आशालाग्दो रहेको उनको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्ता खालका विचार मन्थनका कार्यक्रमले महिलाका सवालमा नयाँ विचारको विकास गर्ने बताए । “यस्ता खालका विमर्श हुन आवश्यक छ, विचार मन्थनबाट नयाँ विचारको जन्म हुन्छ । नयाँ दृष्टिकोणको माध्यमबाट राम्रा नीति बनाउन सम्भव हुन्छ ।”

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]