Skip to content Skip to sidebar Skip to footer

‘द अल्केमी २०२४’ काठमाडौं विश्वविद्यालयले आयोजना गर्दै

धुलिखेल, मंगलबार, ११ मङ्सिर २०८१ । काठमाडौं विश्वविद्यालयको केयुकंक क्लबले विद्यार्थी, शिक्षाविद्, उद्योगी, नेताहरू र आविष्कारकहरूलाई एकजुट गर्ने गरी प्रेरणादायी दुईदिने कार्यक्रम ‘द अल्केमी २०२४’ घोषणा गरेको छ । यो कार्यक्रमले नेपालमा केमिकल इञ्जिनियरिङको भविष्यका बारेमा अन्तरक्रिया गर्दै शिक्षा र उद्योगका केही उज्याला मस्तिष्कहरूलाई एकसाथ जुटाउँदै छ ।

सन् २०२४ को नोभेम्बर २८ र २९ मा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अल्केमी २०२४ अन्तर्गत आयोजना हुने १० वटा कार्यक्रममा एक हजारभन्दा धेरै उत्साही सहभागीहरूले भाग लिने अनुमान छ । जसमा दुई सयभन्दा बढी उत्साही सहभागीहरू र पाँच सय बढी लगनशील र प्रतिभाशाली विद्यार्थीहरू हुनेछन् । साथै करिब २० हजार व्यक्तिहरूले अनलाइन सामाजिक माध्यमबाट जानकारी र सूचना लिनेछन् ।

यस कार्यक्रमलाई थुप्रै चरणमा विभाजन गरिएको छ । मुख्य कार्यक्रममा पहिलो चरणमा शिक्षण–सिकाइका निम्ति तीनवटा वर्कसप आयोजना गरिएको छ । जसमा मसिन लर्निङ इन केमिकल इञ्जिनियरिङ, ब्रेन टु ब्लक्सः डिजाइनिङ एण्ड थ्रिडी प्रिन्टिङ र अटोक्याड प्लान्ट थ्रिडी एसेन्सिएल १०२ रहेका छन् ।

दोस्रो चरणका प्रमुख कार्यक्रमहरूमा केमिकल इञ्जिनियरिङमा प्यानल छलफलका साथै केमिकल इञ्जिनियरिङका प्रमुख शैक्षिक र उद्योग विशेषज्ञहरूले प्रस्तुत गर्ने अन्तरदृष्टिपूर्ण टक शोबाट कार्यक्रम सुरु हुनेछ । उनीहरूले औद्योगिक क्षेत्रको विकास र सम्भावनाबारे छलफल गर्दै दिगो विकासमा यसको भूमिका र स्थानीयरूपमा सञ्चालित औद्योगिक आविष्कारहरूको भविष्यका बारेमा चर्चा गर्नेछन् ।

यस सत्रले विद्यार्थीहरूलाई उद्योग क्षेत्रको भविष्यमा अमूल्य दृष्टिकोणहरू प्रदान गर्ने उद्देश्य राखेको छ । कार्यक्रमले नेपालको अर्थतन्त्र र वातावरणलाई उपयुक्त हुने व्यावहारिक अनुप्रयोगहरूमा पनि मार्गदर्शन दिनेछ ।

इनोभेसन शोकेस
दोस्रो दिनमा स्थानीय व्यवसायहरूका स्टलहरू, विद्यार्थीहरूको नेतृत्वमा रहेका परियोजनाहरू र नवप्रवर्तन पहलहरूसहितको आकर्षक प्रदर्शनी राखिएको छ । कम्पनी र ब्राण्ड स्टलहरूले विद्यार्थीहरूका लागि अन्तरक्रियात्मक अनुभवहरू, उत्पादन प्रदर्शनहरू र नेटवर्किङ अवसरहरू प्रदान गर्दछन् । यी स्टलहरूले बृहत् दर्शकहरूलाई आकर्षित गर्छन्, विद्यार्थी-उद्योग नेटवर्किङ सहज बनाउँछन् र नवीनतम प्रविधिहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछन् ।

कादम्बरी पत्रिकाको उद्घाटन
अल्केमी २०२४ ले केयुकंकको पत्रिका ‘कादम्बरी’ को आधिकारिक उद्घाटन पनि गर्नेछ । यो वार्षिक पत्रिका अनुसन्धानमूलक लेखहरू, शैक्षिक अन्तरदृष्टिहरू, रसायन विज्ञान र इञ्जिनियरिङ विभागमा विद्यार्थी र संकाय दुवैको व्यक्तिगत दृष्टिकोणले भरिएको छ । काठमाडौं विश्वविद्यालयभित्र शैक्षिक आदानप्रदान गर्ने लक्ष्यका साथ ‘कादम्बरी’ केमिकल इञ्जिनियरिङ समुदायका लागि बहुमूल्य स्रोत बन्ने ठहर गरिएको छ ।

अकुष्टिक नाइट
दुई दिनको बौद्धिक आदानप्रदानपछि मनोरञ्जन र विश्राम प्रदान गर्ने मनमोहक प्रत्यक्ष प्रदर्शनहरू प्रस्तुत गर्दै अल्केमी २०२४ एक मनमोहक अकुष्टिक नाइटका साथ समापन हुनेछ । यस अन्तिम कार्यक्रममा विद्यार्थी र संकायले सांगीतिक मनोरञ्जन लिँदै अनौपचारिकरूपमा भेटघाट र कार्यक्रममा प्राप्त अन्तरदृष्टिका बारेमा छलफल गर्नेछन् । अल्केमी २०२४ ले काठमाडौं विश्वविद्यालय सर्कल अफ नोबल केमिनियर्स (केयुकंक) का लागि महत्वपूर्ण कोसेढुंगाको प्रतिनिधित्व गर्दछ । जसमा विद्यार्थीहरूले ज्ञान, प्रेरणा, नेटवर्किङ र सशक्तीकरण पाउनुका साथै शैक्षिक र औद्योगिक व्यक्तित्वहरूबीचको भविष्यको सहकार्यका लागि एक सुन्दर माध्यम बन्ने ठहर गरेको छ ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]