Skip to content Skip to sidebar Skip to footer

सिरानचोकस्थित श्रीनाथ मण्डलीमा ‘जुन-किरी’ को दोस्रो चरणको छायांकन

गोरखा, मंगलबार, ११ मङ्सिर २०८१ । गुरुङ समुदायको घँटु परम्परामाथिको फिल्म ‘जुन-किरी’ को दोस्रो चरणको छायांकन सुरू भएको छ।

हाल गोरखाको सिरानचोकस्थित श्रीनाथ मण्डलीमा फिल्मको दोस्रो चरणको छायांकन भइरहेको छ । गत असोज १५ गतेबाट फ्लोरमा गएको टिमले दसैंअघि पहिलो चरणको काम सकाएको थियो । फिल्मको दोस्रो चरणको काम १५ गतेसम्म सकिने फिल्मका लेखक तथा अभिनेता सुरज तमुले जानकारी दिए ।

दीप गुरुङको निर्देशन रहेको फिल्ममा सुरजको र भरत राईको कथा र केर कोइँच लिनुचको पटकथा छ ।

फिल्ममा सुरजसँगै अभिनेत्री लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। सुरजले ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर’, ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन् । उनले ‘दयामाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्युँझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन् ।

लक्ष्मीको यो दोस्रो फिल्म हो। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन् । ‘माइली’, ‘युके लन्डन’ लगायत दर्जनौं म्युजिक भिडिओमा उनले काम गरिसकेकी छन् ।

फिल्म सुरज र लक्ष्मीसँगै कलाकार डिबी गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका छ । त्यसैगरी फिल्ममा प्रतीना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरुङ, सौजन सेन्ह्याङ र समर्पण श्रीलगायका कलाकारको अभिनय छ ।

निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् ।

फिल्ममा काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ। गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ ।

फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिचिरहेका छन् ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]