गोरखा, शुक्रबार, १४ मङ्सिर २०८१ । गोरखा नगरपालिका गोरखाले यहीँ मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नगरपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचनामार्फत उपनिर्वाचनका दिन नगरपालिका भित्र सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
गोरखा नगरपालिका वडा नम्बर ५ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचनको दिन उक्त वडामा सार्वजनिक विदा भएतापनि आसपासको वडाहरुमा समेत सो निर्वाचन कार्यक्रमबाट आवत जावतमा कठिनाई हुने र अन्यत्र कार्यरत रहेका वडा नम्बर ५ मा मतदान गर्न योग्य मतदाताहरुलाई समेत विदा वा वैकल्पिक व्यवस्था आवश्यक भएकोले नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
नगरपालिकाले निर्वाचनलाई सफल पार्ने उद्देस्यसहित नगरप्रमुख स्तरीय निर्णयबाट विदाको घोषणा गरको हो । सार्वजनिक विदाका दिन नगरपालिका भित्रका रहेको नगरपालिका अन्र्तगतका सवै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य संघ संस्थाहरु बन्द रहने जनाइएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि ९ जनाको उमेद्वारी रहेको छ ।