Skip to content Skip to sidebar Skip to footer

एसियन प्यासिफिक करातेमा एरिका गुरुङलाई स्वर्ण

काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालकी कराते स्टार एरिका गुरुङ्गले सिंगापुरमा जारी १६औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।

१९औँ एसियन गेम्सकी रजत विजेता एरिकाले सिनियर महिला ६८ केजी तौलमाथि स्वर्ण जित्नुभएको हो । च्याम्पियनसिपमा नेपालकी अन्जली महर्जनले महिला तर्फ–५० केजी तौलमा स्वर्ण जित्नुभएको छ ।

च्याम्पियनसिपमा महिलातर्फ दुई स्वर्ण जितेको नेपालले थप दुई रजत र पाँच कांस्यगरी नौ पदक जितेको नेपाल कराते महासङ्घले जनाएको छ ।

च्याम्पियनसिपमा नेपालकी एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिलातर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको–५५ किलो तौल समुहमा रजत पदक दिलाउनु भएको छ ।

यस्तै सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियरतर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै–६८ किलो तौल समुहमा आशिका राई, पुरुषतर्फको १६ वर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुषतर्फ–८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाउनुभयो ।

च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडी, ब्यवस्थापक, रेफ्री र अफिसियलगरी ३० जनाको सहभागिता रहेको थियो । पतियोगितासँगै आइतबार एसियन प्यासिफिक सितोरियो करातेको विशेष अधिवेशन (कंग्रेस) हुनेछ ।

जसमा नेपालबाट नेपाल सितोरियो कराते सङ्का अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक एवं नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले सहभागिता जनाउनुहुनेछ । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]