September 8, 2024
स्वास्थ्य

गोरखामा १ सय ३० जना क्षयरोगी फेला

गोरखा, आइतबार, ११ चैत्र २०८० । गोरखाको विभिन्न क्षेत्रमा साउन यता १३० जना क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय गोरखाले विश्व क्षय रोग दिवश २०२४ को पूर्व सन्ध्यामा हिजो पत्रकार सम्मेलन गरेर उक्त संख्याका जिल्ला भित्र क्षयरोगी फेला परेको जानकारी दिएको हो ।

जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गराउदै कार्यालयले जिल्ला भित्रको ११ स्थानिय तहमा साउन महिनादेखी फागुन मसान्तसम्ममा १३० जना क्षय रोगीको पहिचान गरेको फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान भएका सबै रोगीहरुलाई स्थानिय स्वास्थ्य संस्थाबाट निशुल्क औषधी खुवाउने काम भई रहेको पनि बताउनुभयो ।

नेपाल सरकार राष्ट्रिय क्षय रोग केन्द्रले दिएको लक्ष्य अनुसार जिल्लामा यो आर्थिक बर्ष ५३५ जना रोगीको पहिचान गनुपर्नेमा हालसम्म २४ प्रतिशत सफलता मिलेको फोकल पर्सन अर्यालले बताए । ‘लक्ष्य अनुसारको काम गर्न स्थानिय तहले नसक्दा यो अवस्था आएको’ भन्दै उहाँले भन्नुभयो ‘असार मसान्तसम्म कती पहिचान गर्न सकिन्छ बल्ल प्रतिशतका आधारमा सफलता प्राप्त हुने छ ।’

केन्द्रले जिल्लाई दिएको लक्ष्य अनुसार चुमनुब्री गाउँपालिकामा १३ जना, अजिरकोट २७ जना, बारपाकसुलिकोट ४८ जना, धार्चे ३० जना, आरुघाट ४५ जना, भिमसेन थापा ३६ जना र पालुङटार नगरपालिकामा ८३ जनाको पहिचान हुनुपर्ने थियो । स्वास्थ्य संस्थाको सुस्त काम गराईका कारण क्रमश ति पालिकाहरुमा ५, ६, १०, ११, १५, ५ र १६ जना मात्र पहिचान भएका छन् ।

त्यस्तैगरी, गोरखा नगरपालिकामा ११७ जनाको पहिचान गनुपर्नेमा ३८ जना, शहिदलखन गाउँपालिकामा ५० जना पहिचान गनुपर्नेमा ८ जना, गण्डकीमा ४५ जनामा ७ जना र सिरानचोकमा ४२ जनामा ९ जनाको मात्र रोग पहिचान भएको पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराईएको थियो ।

क्षयरोग नियन्त्रण विधी अनुसार एकाघरको परिवारमा रोग देखिएमा त्यस्ता घरमा रहेका ५ बर्षसम्मका बालबालिकाहरुमा रोग नदेखिए पनि ३ महिना नियमीत औषधी खानुपर्ने हुन्छ ।

रोग देखिएका ब्यक्तिले नियमीत रुपमा ७ दिन औषधी सेवन गर्दा अरुलाई रोग सार्ने क्षमतामा ८० प्रतिशत कमी आउने र १४ दिन नियमीत औषधी सेवन गरेका रोगीबाट रोग सर्ने क्षमता हुदै नहुने पनि फोकल पर्सन नारायणबावु अर्यालले बताउनुभयो ।

Leave a Reply