पोखरा, बुधबार, १४ चैत्र २०८० । नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनुभएको छ ।
एमाले कास्कीको आज सकिएको ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित हुनुभएको हो ।
बैनबहादुरले ५५१ मत पाउनु भएको छ भने बास्तोलाले ३४७ मत प्राप्त गर्नुभयो । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा (५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी हुनु भएको छ ।