September 8, 2024
समाचार समाज

‘काठमाडौं पिंक केयरएथन’ मा प्रहरी श्रीमती संघको सहकार्य हुने

काठमाडौँ, आइतबार, १८ चैत्र २०८० । लेजर पोर्ट नेपाल प्रा.लि. र नेपाल प्रहरी श्रीमती संघद्वारा ‘काठमाडौं पिंक केयरएथन’को पुनरागमन हुने भएको छ । काठमाडौं पिंक केयरएथन आउँदो वैशाख ८ (२० अप्रिल) मा हुनेछ ।

आयोजकका अनुसार कार्यक्रममा पैदल हिँडाइ र दौड गरी तीन विधा समावेश छ । जसमा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटर रहने छ । सुरु र अन्त्य विन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ । प्रत्येक सहभागीलाई टिसर्ट र फिनिसर्स पदक प्रदान गरिने छ ।

प्रत्येक विधामा प्रथम पाँ जनालाई पुरस्कार दिइने छ । भारतीय अभिनेता तथा मोडल जय भानुशालीले काठमाडौं पिंक केयरएथोनको २०२४ संस्करण सञ्चालन गर्ने छन् । सहभागी हुन सम्पूर्ण महिलाले इसेवामार्फत आफ्नो नाम दर्ता गर्नु पर्नेछ ।

काठमाडौं पिंक केयरथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक विकास र सशक्तिकरणका लागि आत्म हेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमको श्रृंखला हो ।

Leave a Reply