काठमाडौँ, आइतबार, १८ चैत्र २०८० । नेकपा एमालेकी सचेतक सुनिता बरालले मातृभाषाको नाममा स्थानीय तहका प्रमुख–उपप्रमुख र वडाध्यक्षहरुले कलिला बालबालिकामाथि हदैसम्मको अन्याय गरेको तथ्य प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै एमाले सचेतक बरालले मातृभाषाको नाममा लादिएको पाठ्यपुस्तकबारे गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।
‘स्थानीय तहहरुले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, बिबादित बिषयवस्तुहरु पढाउने गरेको पाइएको छ । मातृभाषाको अध्यापन गराउने नाममा बिद्यार्थीहरुलाई जबर्जस्ती आफ्नो मातृभाषा भन्दा पनि मेयर–उपमेयर र वडाध्यक्षहरुको मातृभाषा पढिदिनु पर्ने अवस्था लादिएको पाइएको छ । कलिला बालबालिकामाथि यस्तो ज्याद्धती कहिलेसम्म ? यस्को तत्काल अन्त्य हुनुपर्छ,’ बरालले भन्नुभयो ।
बरालले विद्यालयमा नयाँ भर्नाको बिषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । ‘ विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन लाग्यो । बिद्यार्थी भर्नाका बिषयमा सरकार छ भन्ने अनुभुति दिलाउनु पर्नेछ । एउटै स्कुलमा नियमित रुपमा पढिरहेका बिद्यार्थीलाई पनि नयाँ भर्ना शुल्क जसरी बार्षिक शुल्क लिइराखेको छ, यसतर्फ सरकारको ध्यान जावस,’ सचेतक बरालले भन्नुभयो ।
सांसद बरालको भनाई जस्ताको तस्तै
विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन लाग्यो । बिद्यार्थी भर्नाका बिषयमा सरकार छ भन्ने अनुभुति दिलाउनु पर्नेछ । एउटै स्कुलमा नियमित रुपमा पढिरहेका बिद्यार्थीलाई पनि नयाँ भर्ना शुल्क जसरी बार्षिक शुल्क लिइराखेको छ । स्थानीय तहहरुले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, बिबादित बिषयवस्तुहरु पढाउने गरेको पाइएको छ । मातृ भाषाको अध्यापन गराउने नाममा बिद्यार्थीहरुलाई जबर्जस्ती आफ्नो मातृ भाषा भन्दा पनि मेयर–उपमेयर र वडाध्यक्षहरुको मातृभाषा पढिदिनु पर्ने अवस्था छ । यस्को तत्काल अन्त्य हुनुपर्छ । स्थानीय तहले बनाएका पाठ्यक्रम र पाठ्यपुस्तक सामुदायिकलाई मात्र हो भनेर संस्थागतले पढाउदैनन । हामीले कस्तो र कसरी शिक्षा दिन खोजेको हो ? प्रभावकारी अनुगमन र विशेष निर्देशन दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।