Skip to content Skip to sidebar Skip to footer

ललितपुर महानगरमा मेयर कप टेबुल टेनिस प्रतियोगितामा २४ वडाका ६३७ खेलाडी सहभागी

ललितपुर, बिहिबार, ११ पौष २०८१ । ललितपुर महानगरले आयोजना गरेको छैटौं मेयर कप अन्तर वडास्तरीय टेबुल टेनिस प्रतियोगिता शनिवारबाट सुरु भएको छ । पुस १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो ।

महानगरले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहित गर्न फुटबल लगायतका थुप्रै खेल विधामा लगानी गरेको उहाँले बताउनु भयो । ललितपुर महानगर शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको प्रष्ट पार्नुभयो ।

उक्त प्रतियोगितामा महानगरका २४ वटा वडाका ६ सय ३७ खेलाडीको सहभागिता रहनेछ । उनीहरुबीच १६ वटा विधामा प्रतिस्पर्धा हुने महानगरका प्रवक्ता तथा वडा नंं.९का वडा अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको सबै विधामा पहिलो,दोस्रो, तेस्रो हुनेलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता ललितपुर महानगरपालिकाको वडा नंं.९स्थित गःछेँ टोलमा आयोजना गरिएको छ ।

टेबुल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीले टेबुल टेनिसको राष्ट्रिय खेलाडी उत्पादन गर्न यो प्रतियोगिगताले धेरै मद्दत गर्ने बताउनु भयो । ललितपुर महानगरले आयोजना गर्ने टेबुल टेनिस प्रतियोगिता रात्रीकालीन प्रतियोगिता भएको बताउँदै भन्नुभयो, ‘ यो प्रतियोगिताको यो विशेषता हो, यो प्रतियोगिताको यो पहिचान पनि हो , रात्री आयोजना हुने प्रतियोगिता हेर्न निकै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ । ’ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ललितपुरले खेलकुदका अन्य विधासँगसँगै टेबुल टेनिसलाई पनि प्राथमिकता दिएकोमा धन्यवाद दिनुभयो ।

जिल्ला टेबुल टेनिस संघ, ललितपुरका अध्यक्ष आशिष अवालेले खेलप्रेमीका लागि यो उत्सव भएको बताउनु भयो । जोसिला खेलाडी सहभागी भएको यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सहयोग गर्ने बताउनु भयो । यस वर्षको यो प्रतियोगिता ललितपुर महानगर वडा नं.९ले जिल्ला टेबुल टेनिस संघ, ललितपुरसँग सहकार्य गरी आयोजना गरेको हो । अघिल्ला वर्ष यो प्रतियोगिता वडा नंं. ११ ले आयोजना गरेको थियो । अर्को वर्ष प्रतियोगिता आयोजना गर्न चाहने वडाले यो प्रतियोगिताको अन्तिम दिनमा नै घोषणा गर्नुपर्छ ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]