Skip to content Skip to sidebar Skip to footer

श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था तथा वैदेशिक रोजगार ऐन परिमार्जन गर्न माग

काठमाडौँ, शुक्रबार, १२ पौष २०८१ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट तत्कालै गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकार समक्ष माग राखेको छ ।

संघले पत्रकार सम्मेलन गर्दै श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य हुनुपर्ने माग गरेको हो ।

संघका महासचिव कुष्णप्रसाद बजगाईंले केही व्यवसायीले मलेसियामा सिण्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

हाल श्रम मन्त्रालयअन्तर्गत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसिया सिण्डिकेट लगाइरहेको उहाँको आरोप छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत सरकारले बेवास्ता गरेको संघका महासचिव बजगाईंले बताउनुभयो ।

उहाँले स्वास्थ्य परीक्षणमा देशैपिच्छे सिन्डिकेट देखिएको जीकिर गर्नुभयो । मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिण्डिकेट अन्त्य भइसकेको भए पनि यो वा त्यो बहानामा जन्मिनु नहुने उहाँको भनाइ छ ।

उहाँका अनुसार दुई अर्बभन्दा बढी लगानी, दुई हजारभन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको मेडिकल व्यवसाहियक क्षेत्र सिण्डिकेटको नाममा तहसनहस भएको छ ।

गुणस्तरीय सेवा निश्चित गर्न प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था तथा वैदेशिक रोजगार ऐन परिमार्जन गर्न माग राख्नुभयो ।

संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]