Skip to content Skip to sidebar Skip to footer

काठमाडौंमा स्थानीय उत्पादनको बजार खोज्दै पालिकाका जनप्रतिनिधि

काठमाडौंमा स्थानीय उत्पादनको बजार खोज्दै पालिकाका जनप्रतिनिधि

काठमाडौ। शनिबार, २० पौष २०८१ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा विभिन्न पालिकामा उत्पादित स्थानीय खाद्यान्न, फलफूल लगायतका वस्तु प्रदर्शनी गरिएको छ ।

स्थानीय उत्पादन अलैँची, टिमुर, मह, घ्यू, आलु, किवी, चिया, अचार र कपडालगायत सामग्री उक्त प्रदर्शनीमा राखिएको थियो । ठाउँ विशेषको उत्पादन सामग्री गर्ने किन्नेहरूको प्रदर्शनीस्थलमा भिड देखिन्थ्यो ।

महिला सशक्तीकरण र नेतृत्वलाई प्रेरित गर्दै नेपाली महिला जनप्रतिनिधिहरूको उल्लेखनीय योगदानलाई सम्मान गर्न शी लिड्स आइकनले प्रदर्शनी र अवार्डको आयोजना गरेको हो ।

अवार्ड कार्यक्रममा स्थानीय तहमा उत्पादित सामग्रीहरूको प्रदर्शनी, सूचना केन्द्र र स्टल राखिएको थियो । प्रदर्शनीका लागि १४० स्थानीय तहले आवेदन दिएका थिए । कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ जना महिला जनप्रतिनिधि सँगै प्रत्येक स्थानीय तहले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि स्टल राखेका थिए ।

कल्प इम्पावर वेमेन नेपालले कार्यक्रम आयोजना गरेको हो । अध्यक्ष पूजा कोइरालाले महिला सशक्तीकरणको नयाँ दिशामा कार्यक्रम आयोजन गरिएको बताइन् । महिला जनप्रतिनिधिले गरेका राम्रो कामको प्रचार गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको उनको भनाइ थियो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार’ भन्ने नाराको साथ सुन्तला, किवी, अलैँचीको मसला, फापरको पिठो, मह, लेकाली राजमा, सिमी, चौरीको घ्यू र छुर्पी राखेको थियो ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भने, ‘स्थानीय उत्पादनलाई जोड दिँदै बजारको समस्या समाधान गर्न टेम्केमैयुङ गाउँपालिले स्टल राखेको हो । स्थानीय कृषकले उत्पादन गरेको वस्तुका लागि स्थानीय सरकारले नै बजार खोज्छ भनेर नै यो प्रदर्शनीमा सहभागी भएको हो । कृषकलाई नै प्रोत्साहन होस् भनेर कृषकले गरेको उत्पादन नै प्रदर्शनीमा राखिएको हो । आयातितभन्दा स्थानीय र अर्ग्यानिक उत्पादनलाई नै जोड दिएको पायौं । २२ सयदेखि २४ सय मिटरको उत्पादन हामीले राखेका छौं ।

उनले टेम्केमैयुङ प्रकृति र पर्यटकीय हिसाबले पनि सुन्दर रहेको भन्दै टेम्के डाँडो, सेल्मे डाँडा, चखेवा, मैयुङ डाँडा, मुन्धुम ट्रेलको पनि वर्णन गरे ।

त्यस्तै, कर्णाली प्रदेशको सल्यान जिल्लाको कालिमाटी गाउँपालिका पनि सो प्रदर्शनीमा सहभागी भएको छ । यो पालिकाले राखेको स्टलमा पनि स्थानीय उत्पादन मह, अदुवा र टिमुर राखिएको छ ।

गाउँपालिकाकी कर्मचारी हरिमाया सापकोटाले आफ्नो पालिकाले उत्पादन गरेको वस्तु प्रदर्शनीमा राखिएको बताइन् ।

सापकोटाले भनिन्, ‘कालिमाटी गाउँपालिका अदुवा, मह र टिमुरलगायतको वस्तु उत्पादन हुने र ती वस्तुहरू नै प्रदर्शनीमा राखिएको छ । पर्यटकीय, धार्मिक र सांस्कृतिक पनि सो पालिकामा रहेको छ । यहाँ गंगा गाला भगवती मन्दिर, बबई नदी, मौलिक घरहरु, कछुवा दहलगायत मनमोहन ठाउँ छन् ।’

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे ।

सो अवसरमा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]