Skip to content Skip to sidebar Skip to footer

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजार पर्यटक

गोरखा, बिहीबार, २५ पौष २०८१ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटकले घुमघाम गरेका छन् ।

मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत भुवनराज ओझाले जानकारी दिए । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार ४२८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको ओझाले बताए ।

अघिल्लो वर्ष नौ हजार १७७ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। “गत वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन्,” उनले भने ।

मनास्लु क्षेत्र पुग्ने पर्यटकमध्ये सार्क राष्ट्रभन्दा तेस्रो मुलुकका बढी रहेको ओझाको भनाइ छ । सन् २०२४ मा फ्रान्सबाट सबैभन्दा धेरै एक हजार ३३५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

त्यस्तै, जर्मनीका एक हजार १८१ र अमेरिकाका ७९६ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै १५९ पर्यटकले मनास्लु पदयात्रा गरेका छन् ।

मनास्लु पदमार्गमा जाने पर्यटक नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, मनास्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास भएर मनाङ पुग्न गरेका छन् ।

त्यस्तै, चुमभ्यालीतर्फ श्रृंगी हिमाल, राजेन गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै हिउँ चितुवा, नाउर, घोरल, डाँफे, मुनाल, चौंरी पनि देख्न सकिन्छ ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]