September 8, 2024
राजनीति समाचार

हसिनाले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौँ, शुक्रबार, ७ वैशाख २०८१ । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।

आज शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएका हुन।

मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।

उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रवार सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् ।

Leave a Reply