ललितपुर, मंगलबार, ११ वैशाख २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरपालिकाको वडा ३ कमिटीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शहरी विकास मन्त्रालय भित्र परेको बस्ती छुट्टाई सहयोग गरिदिन आग्रह गरेको छ ।
मन्त्रीपरिषदको निर्णयबाट शहरी विकास मन्त्रालयमा पर्न गएको पुरानो नहर बस्ती साविक किटिनी ५ (क) कित्ता नम्बर ३४७ लाई उक्त मन्त्रालयबाट छुट्टाई बास्तविक भूमिहिन सुकुम्बासीहरूको नाउँमा दर्ता गराई दिर्घकालीन रुपमा समस्या समाधान गर्न पहलकदमी गरिदिन वडा कमिटीले ओलीलाई अग्रह गरेको हो ।
वडा नम्बर ३ का एमाले संयोजक सुर्यबहादुर तामाङ्गले वास्तविक सुकुम्बासीको पहिचान गरी निस्सा समेत वितरण गर्ने कार्य सम्पन्न भई जग्गा नाप जाँचको चरणमा पुगेको बताए ।
उनले भने, ‘गोदावरी नगरपालिका वडा नं ३ मा रहेको भूमिहिन सुकुम्बासीहरूको नहरटोल बस्ती मिति २०२८ सालमा तत्कालिन श्री ५ को सरकारले बनस्पती उद्यान गोदावरी निर्माण गर्ने क्रममा गोदावरी न पा वडा नं ३, पाल्टाङ्गेको चौरबाट नहर बस्तीमा रहेका सुकुम्बासीहरूको नाउँमा दर्ता प्रमाणित रही जग्गा धनि प्रमाण पूर्जा समेत भएको निजी जग्गा अधिकरण गरी हाल बसोबास गरेको नहर वस्तीमा सोही अवस्थामा श्री ५ को सरकारले जग्गाको स्रोतभर्ना दिने गरी तत्कालिन श्री ५ को सरकारले व्यवस्थापन सहितको स्थानान्तरण गराएकोमा हालसम्म निजहरूले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेको व्यहोरा अवगत गराउँदै हाम्रो सरकारको मन्त्री परिषदबाट देवी ज्ञवालीको अध्यक्षतामा भूमि आयोग गठन गरी उक्त भूमि आयोग र त्यसपछिको आयोगले समेत निरन्तरता प्रदान गरी वास्तविक सुकुम्बासीको पहिचान गरी निस्सा समेत वितरण गर्ने कार्य सम्पन्न भई जग्गा नाप जाँचको चरणमा पुगेको छ ।
गोदावरी स्थीत सनराईज सम्मेलन केन्द्र अगाडि रहेको नहरटोल सुकुम्बासी बस्तीको स्थलगत निरिक्षण होस् भन्ने जनचाहना अनुरुप निरिक्षण गरि हाम्रो सरकारको पालामा मन्त्रीपरिषदको निर्णयबाट शहरी विकास मन्त्रालयमा पर्न गएको पुरानो नहर बस्ती साविक किटिनी ५ (क) कित्ता नम्बर ३४७ लाई उक्त मन्त्रालयबाट छुट्टाई बास्तविक भूमिहिन सुकुम्बासीहरूको नाउँमा दर्ता गराई दिर्घकालीन रुपमा समस्या समाधान गर्न पहलकदमी होस् भनि श्रद्धेय अध्यक्ष ज्यू समक्ष नेकपा एमाले ३ नम्बर वडा कमिटी हार्दिक अनुरोध गर्दछौं ।’