धनगढी, बुधबार, २ जेठ २०८१ । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोज्नुभएको थियो। तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री सोडारीले बिहीबार १० : १५ बजे विश्वासको लिने कार्यक्रम छ ।
सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्न लागेको बेला विश्वासको मत लिन थाल्नुभएको हो ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री सोडारीलाई एमालेका ११ र नेकपा (माओवादी केन्द्र) का १० गरेर २२ जना, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र एक जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन छ ।