September 10, 2024
बिशेष

बलिदानीहरूको सोच अनुसारको भाईब्रेन्ट

रामकृष्ण पोखरेल

नेपाल देश तीन खंडमा विभाजित भुभाग रहेको एतिहासिक तथ्य यो पंक्कीकारले आफ्नो पहिलो आलेखमा संक्षिप्तरूपमा उल्लेख गरेको हिमाल देश, पहाड देश र मधेश देशको अपरिसिमित श्रोत र साधन रहेको त्थ्य छर्लंगै छ ।

नेपालको भुभागमा रहेको नौ वटा नदी जलासय ९चष्खभच दबकष्ल० को जल संम्पदालाई योजना बद्ध तरिकाले प्रयोगमा ल्याउन सके मधेश तराईको २१ जिल्लाहरूको झंडै १४ लाख हेक्टरमा छरिएर रहेको जमीन, जंगल र जललाई दिगो रूपमा दोहन गर्न सकेको झण्डै २५÷३० लाख टन वर्तमान परिमाणभन्दा बढी धान उत्पादन गर्न सकिनेछ । नेपालको वर्तमानमा रहेको २ः२५ टन प्रति हेक्टरको धान उत्पादनलाई बंगलादेशको उत्पादनको ४ः७२ टन प्रति हेक्टर सरह मात्र पनि प¥ुर्याउन सके नेपालले बर्षेनि १५÷२० लाख टन धान निर्यात गर्न सकिने अनुमान गरिएको छ ।

‘हिरियो वन नेपालको धन’ भन्ने उक्ती हामीले स्कुलमा पढाईने किताबमा संधैनै घोक्ने गथ्यौं । घना हरियो जंगल नेपालको ‘चार कोशे झाडि भनेर चिनिने क्षेत्र मधेश तराईको भुभागमानै अवस्थित रहेको थियो । अझ पनि यसका अंशहरू यथावत रहेको नै छ । मधेश तराईको जंगल, जमीन र जलको भण्डारण बाट नेपाल समृद्ध हुनबाट कसैले बंचित गराउन सक्दैनन् ।

नेपालको कुल कुल दुई करोड ९० लाख जनसंख्या झण्डै ६६ लाख ६७ हजार घरधुरीमा आवद्ध रहेका छन् । कुल घरधुरी मध्ये ३३ लाख घरधुरी मधेश तराईकै भुभागमा रहेको छ । यसमध्ये ६२ प्रतिशत घरधुरी कुनै न कुनै कृषि पेशामै आश्रित रहेको नेपालको तथ्याकंले देखाएको छ । यस अर्थमा मधेश तराईका ३३ लाख घरधुरीमध्ये भण्डै २३ लाख घरधुरी कुनै न कुनै कृषि पेशामा रहेका छन ।

नेपालमा कृषि खेती बाहेक नेपाली धर परिवारले पशुपालन पनि गर्ने गरेका छन । नेपालमा करिब ७० लाख गाई गोरू भैसीहरू रहेका छन । यसरी करिव एक करोड १५ लाख खसिबोका, भेडा च्यांग्राहरू रहेका छन् । अधिकांश यी खसीबोका भेडा च्यांग्राहरू मासुकै लागी प्रयोग हुने गर्दछन । भारतमा ५३ करोड ६७ लाख पशुहरू रहेका छन । भारतको एक अर्ब चालिस करोडको जनसंख्यालाई हेर्दा प्रति व्यक्ती एउटा पनि पशुको भाग पर्दैन भने नेपालमा प्रति घरधुरी झण्डै तीन जतिको संख्यामा पशुधन रहेको देखिन्छ । नेपालको यो सम्पदा ( पशुपालन र धान खेती मात्र कृषि पद्धतिमा नयाँ र आधुनिक प्रणाली अपनाउन सके मुलुकको कृषि ब्यवसायमा रूपान्तरण गर्न सके मधेश तराई लगायतका भुभागमा बसोवास गर्ने नेपालीको अनुहारमा आशा र भरोसाको सञ्चार गर्न सकिन्छ । उदाहरणको रूपमा अलि उनन्त जातका गाई भैसी वर्तमानको प्रति वेतमा ८७० लिटरको उत्पादनलाई ५०५ मात्र पनि ५÷७ बर्षमा बढाउन सके झण्डै प्रति बेतमा १२३५ लिटर दुध दिने सकिने हुन्छ । यो लक्ष्यमा पुग्न पशुहरूको नश्ल सुधार गर्ने ब्यापक कार्य योजना बनाई कृषिमा आश्रित युवा युवतीहरू कृषि पेशा प्रति आकर्षण हुने कुरामा कृषिका बिज्ञहरू बिश्वस्त छन । धान खेतिमा सुधार पशुको नश्ल सुधार कार्यबाट नेपालीको आर्थिक रूपमा काया पलट हुने निश्चित छ ।

छिमेकी देश भारतमा गाई भैसीले एक बेतमा २७० लिटरसम्म दुध दिन सक्ने नश्लहरू रहेका छन् । यस अर्थमा नेपालका कृषिको उत्थानसँग सरोकार रहेका संघ संस्था र निकायले नेपालको सरकारी स्तरको प्रसासले मात्र संभव कृषिमा फड्को हान्न सक्ने संभावना देखदैनन् । यस्का लागी सरकारले निजी क्षेत्र, कृषिसँग आबद्ध रहेको महाविद्यालय, विश्व विद्यालय देश भत्रकै हुन अथवा विदेशका समेत अनुसंधानमा रहेका महा विद्यालय वा विश्व विद्यालयसँग पनि सहकार्य गर्न योजना र श्रोत नेपाल सरकाले जुटाउन सक्नु पर्छ ।

यस अर्थमा सरकारका निकाय र विज्ञहरूले खोजि गर्न जरूरी छ । नेपालले वर्तमानका कृषि विकाश र उत्थानमा संलग्न रहेका जिम्मेवार निकायहरू लाई कृषि क्षेत्रको परिवर्तका लागी पशु नश्ल सुधार र धानको उत्पादन र परिक्षणमा सक्रियता ल्याउने कार्यमा नार्क लगाएत सरोकार निकायको वर्तमान कानुन र नियमहरूमा परिमार्जन गर्न सक्ने सबल सक्षम राजनीकि नेत्रृत्व चाहिएको छ । नेपाल सरकारले कृषि र पशु क्षेत्रमा अनुसंधान गर्न सक्ने निजी क्षेत्र र विश्व विद्यालयहरू लाई समेत सहभागी गराउन सक्ने नियम कानुन ल्याउन र त्यस्तो कार्य गर्न गराउन नेपाल सरकारले समुचित श्रोतको विनियोजन गरोस भन्ने यस क्षेत्रका विज्ञहरूको मांग समेत रहेको छ ।

विश्व स्तरका अनुसंधान गर्ने संघ, संस्था, महाविद्यालय, विश्व विद्यालयसँग जोडने कार्य अबिलंब सुरू गरौं । नेपालका कृषि अनुसंधानका निकाय नार्कजस्ता संस्थालाई कृषि र पशुको उत्पादन बृद्धि गरिने अनुलंधानको अनुगमन, परीक्षण र प्रमाणिकरण गर्ने जिम्मेवारी दिने कार्य गरोस । पाँचदेखि दश बर्षको कार्य अवधि तोकि नेपालको धान उत्पादन २ः२५ टन प्रति हेक्टरबाट दक्षिण एशियाली देश बंगलादेशको प्रति हेक्टर ४ः७२ टन पु¥याउन सक्ने धानका जातको खोजि गरौं । यसरीनै गाई भैसिंको प्रति बेतमा जम्मा जम्मी ८७० लिटर बाट कम्तीमा पनि १२३५ लिटर सम्म पु¥याउन सक्ने गाई भैंसिको नश्ल आयात गरौ र वर्तमान नस्लको सुधार गरौं भन्ने आम किसानको मांग रहेको छ ।

‘हरियो वन नेपालको धन’ भन्ने अपार श्रोतको बिवेचना गर्दै गर्दा चुन ढुंगाको अपार भंडार मधेश तराई भुभाग बाट एक करोड पचास लाख टन भन्दा बढी सिमेन्ट उत्पादन गरि भारतको विसाखापट्टम बंदरगाहबाट ईरानको चाभार बन्दरगाहमा सिमेन्ट पु¥याउन सक्ने भिजनरी नेताको खेजि मधेश तराई भुखंडमा छ । यसरी नै २५÷३० लाख टनसम्म धान मधेश तराईको भुभागबाट निर्यात गर्न गराउन सक्ने नेताको खोजि छ । गाई भैसिंको नश्ल सुधार गरी वर्तमानको एक बेतमा ९२७० लिटर दिने गाई भैसिंको नश्ल सुधार गरी १२३५ लिटर सम्म एक बेतमा दुध दिन सक्ने नश्ल सुधार गर्न सक्ने र भुखंडलाई नेत्रृत्व दिन सक्ने नेताको खाँचो छ । यसरीनै बाख्राको नश्ल सुधार गरी सरदर ५० किलोसम्म मांसु उत्पादन गर्न सक्ने बोका पाठाको खांचो छ । त्यसलाई तार्किक नेत्रृत्व दिन सक्ने विज्ञहरूको खांचो छ ।

नेपालको भुभाग त्रिखंडीय रूपमा विभाजन गर्दै गर्दा मधेश देशको ( मघेश तराईको प्रशासनिक भुभागबाट असंख्य विर विरंगनाहरू जन्मे हुर्के अनि राज्य ब्यवस्थामा परिवर्तन ल्याउन होम्मिएका समय समयका योद्धालाई स्मरण गर्न विर्से भने नेपालको राजनितीक समाजिक ईतिहासनै अधुरो रहने छ । नेपालको राणाशाहीको शासन ब्यवस्थाको परिवर्तनदेखि गणतान्त्रीक व्यवस्थाको परिवर्तनसम्म आई पुग्दा मधेश तराई भुखंडबाट वलिदानी दिएका असख्य विर विरागंनालाई स्मरण गर्न कंजुसाईं गरेमा नेपालको राजनितिक, समाजिक र आर्थिक उत्थानको युग अधुरै रहने छ ।

मधेश तराईको सामाजिक, राजनितीक र आर्थिक अनुहार फेर्ननै २००७ साल अगाडिका दिन देखि बलिदानी दिने विर र विरंगनाहरू लाई संमझिन जरूरी छ । यो पंक्तीकार स्कुली शिक्षामा रहँदा ‘ नेपालको सात शहिद भन्ने हिन्दी भाषामा लेखिएको पुस्तक पढदै गर्दा राणा शासनका बिरूद्ध लागेका नेपाली युवाहरूलाई राणा शासकले मृत्यु दण्ड दिई क्रान्ती दवाउने चेष्टा गर्दै गर्दा मधेश तराईका सकडौ विर र विरंगनाहरूको स्मरणमा आउँदछ । चाहे ती पर्सा जिल्लाका तेजबहादुर अमात्य हुन, धनुषाका सरेज प्रसाद कोईराला हुन, चाहे त्यो सप्तरीका गजेन्द्र नारायण सिंह हुन, सप्तरीकै ईन्द्रदेव प्रसाद सिंह हुन, सहदेव प्रसाद सिंह हुन, वाराका भागवत प्रसाद यादव समेतको संमझना गरिन्छ ।

यसरीनै धनुषाकै राम बृक्ष यादवनै किन नहुन यी मधेश तराई भुभागमा सामाजिक, राजनितिक, आर्थिक अवस्था र ब्यवस्था परिवर्तनका लागी नै सहादत भएका हुन भन्नेमा जनता विस्वस्त छन् । २०१७ को परिवर्तनको बिरोधमा उत्रिएका सिरहाका लक्ष्मी मण्डल हुन वा धनिक लाल मंडलनै किन न हुन, सिराहाकै घुटर चौधरी वा रामधारी महरानै किन न हुन राजनितिक दिसा परिवर्तन गर्न बलिदानी दिएका अमर विर र विरंगनाहरूले खोजेको रोजेको ब्यव्स्था किमार्थ अहिलेको बेथितीको राजिनितिक अवल्था किमार्थ होईन । बाम राजनितिक दिशाबाट मुलुक लाई परिवर्तन गर्न सकिने बिश्वासका साथ एकतंत्रीय पंतायतका विरूद्ध अनवरत विरोधी खेमामा रहेका जय गोविन्द साहलाई मधेश तराईका युवा युवतीहरूले सम्झनै पर्छ । सिरहाकै बुना रेग्मीलाई पंचायतको बिरूद्धको बिगुल फुक्नेमा अग्रणीनै रहेकी महिला नेत्री हुन । झापाका विरेन राजवंशीले यातना पुर्ण पञ्चायती शासनले मृत्यु वरण गराएको थियो । सिराहकै विरागंना कल्याणी देवी सिंह जसका श्रीमान चन्द्रिका प्रसाद सिंह राजपुत जसले नेपालका नेतासँगै भारतीय स्वतंत्रता संग्राममा सहभागी भई नेपालको २००७ सालको प्रजातंत्रको स्थापनाको लडाईमा समेत नेपाली नेताहरूसँग सह यात्रा गरेका थिए । यिनै चन्द्रिका प्रसाद सिंह राजपुत भारतकै अंडवान निकोवार द्विपमा बंन्दि वनाइ यातना पुर्ण तरिकाबाट जेलमा राखिएका थिए ।

चन्द्रिका प्रसाद सिंहकी श्रीमती कल्याणी देवी सिंह राजपुत संग यो पंक्तीकारको पनि पारिवारिक संबन्ध रहेकै कारण कल्याणी सिंहको कांखमा यो पंक्तिकारले पनि लाड प्यार पाएको स्मरण हुने गर्द छ । यो पंक्तिकारका पिता लगायत संपुर्ण परिवारनै नेपाली कांग्रेसको छाता मुनि रही विसं २००३ साल देखिनै प्रजातातंत्रिक आन्दोलनमा होमिएको कारणले नेपालको प्रजातात्रिक आन्दोलनका विर र विरागंनाहरूसंग विशेष संबन्ध रहेको थियो । मधेश तराई भुखंडको उत्थान प्रति जिम्मेवार हुने सबै वर्ग र समुदायका परिवारहरू निराश देखिएका छ । यसको मुलकारण ईमान्दार, सक्षम, संवेदनशिल र सहयोगि नेत्रित्यको खडेरीनै हो भन्ने मनोदशा स्थापित अधिकाशं जनतामा रहेको छ ।

मधेश तराईमा शिक्षाको उज्यालो दिन देखाउने ब्रहम्मचारी दामोदरा नन्द गरी लाई स्मरण गर्नु पर्ने हुन्छ । राणाकालम आधुनिक शिक्षाको विस्तार गर्न भारतको बसाई त्यागेर नेपालको तत्कालीन समयमा पिछडिएको भुभाग भनेर चिनिएको सिरहाको मिर्चैया बजारमा अंग्रेजी विषय समेतको पढाई गर्न र यसैलाई बढावादिने गरी विक्रम संवत २००३ साल ताका हाई स्कुलको स्थापना गरि नेपालको मधेश तराईको भुखंडमा शिक्षाको विस्तार गरि राम्रो दिन आउने आशामा शिक्षाको ढोका खोल्न सहयोग गरेका थिए । यो पंक्तीकार पनि आफ्नो स्कुलि शिक्षा यिनै ब्रहम्चारी बाबाको गुरूकुलबाट प्राप्त गरेका हुन । विक्रम संवत २००३ साल देखि हजारौ युवा युवतिहरूले स्कुलि शिक्षा मिर्चैया स्थित हाई स्कुल बाट प्राप्त गरेका छन ।

नेपाल समय समयमा राजनितीक ब्यवस्था र अवस्था परिवर्तनमै रूमलि रहेको छ । विक्रम संवत २०४७ पछि प्रजातंत्रको पुनर स्थापना पश्चात नेपालमा अनेकन राजनितीक दलहरू राज्य संचालनमा आउंदै गर्दा २०६२÷६३ पछि नेपाल संघीय गणतंत्रको ढोकामा छिर्यो । संघीय गणतात्रमक संविधान जारि हुंदै गर्दा नेपालमा दुई धारका राजनितीक दलहरू अग्रणी रहेका थिए । नेपाली कांग्रेश नेपालको राजनितीक परिवेशमा २००३ साल देखि उदारवादप् प्रजातात्रिकको शक्तिको नेत्रित्य गर्दै गर्दा कम्युनिष्ट अर्थात बांम विचारको संबाहकको रूपमा नेपाल कम्युनिष्ट पार्टि एमाले, माओवादि केन्द्रले अगुवाई गरी रहेका छन । विसंवत २०७९ को संघीय संसदको चुनाव बाट स्तंत्रन्त अस्तित्वमा रहने गरि राष्ट्रिय दलको मान्ययतामा ‘राष्ट्रिय स्वतंत्र पार्टी’ नामधारी दल पनि नेपालको संघिय संसदमा प्रवेश पाउन सफल भयो ।

मधेश केन्द्रित केही दलहरू पनि संघिय संसदमा आ आफना प्रतिनीधिहरू लिएर प्रवेश भएका छन । वर्तमानमा कुनै पनि दलले आफ्नो बहुमत संसदमा नरहे बाट नेपालको संघिय सरकार अष्टावक्रको रूपमा जोड घटाउ गरेर वनेकै कारण नेपालको विकास र उत्थान जन चाहना अनुसार किमार्थ हुन सकेको छैन । नेपालका प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेश , माओवादी केन्द्र का मुखियाहरू बुढा गोरू जस्ता भएका छन । यी तिनै दलका साथ मधेश वादि दलहरूमा पनि जांगर मरि सकेकको हातमा नेत्रित्य रहेको देखिन्छ । यी माथि उल्लेख गरिएका दलहरूका सुप्रिमोहरूले उपल्ललो तह सम्म चढने भ¥याङ आ आफना दलको सुप्रिमो भईसके पछि आ आफ्ना दलका माथि चढन र उक्लन चाह राख्ने नेताहरूले तं छाड म छाड गर्छन भनेर आफु माथि उक्लि सके पछि ती सिढिहरू त आ आफै बोकि र कांखमा च्यापि माथिनै बसि रहेका छन । चाहे त्यो एमाले का मुखिया हुन चाहे त्यो नेपाली काग्रेश पार्टिका सुप्रिमो हुन अथवा माओवादि केन्द्रकै मुखियानै किन न हुन सबैले आ आफ्नो पार्टिको भ¥याङ आ आफैले कांखि मुनि च्यापेर राखेका कारणनै होला यी पुराना दलको युवा पुस्ताको कान्ति विजोग छ । कुनै पनि दलका वर्तमान सुप्रिमोहरू लाई कसैले चुनौति दिन सकेका छैनन । किन भने पार्टिको माथिल्लो तलामा चढ्ने सिढित यिनीहरूले आ आफै च्यापेर वसेका छन ।

यस अर्थमा नेपालको समृद्धि र प्रगतिको सह यात्री हुन युवा युवतीहरू, नयां नायां सोच र विचारकहरू लाई उचित र पर्याप्त भुमिका दिन जनता र समाज ले विचार गर्नु पर्ने समय आएको छ । चाहे त्सो कृषि उत्थानमा होस चाहे त्यो औद्योगिक क्षेत्रको विस्तारमा होस चाहे त्यो पर्टकिय ब्यवसायमा होस नेपाली युवा युवतिहरूको अग्रणी भुमिका स्थापित गर्नु गरांउनु लोकतंत्रको सहि मुल्याकंन हुने विश्वाश गरिन्छ । यसलाई मधेश तराईका समग्र जनताले पनि सोच्ने बेला आएको छ ।

(पोखरेल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुन)

Leave a Reply