ललितपुर, शुक्रबार, ३१ जेठ २०८१ । ललितपुर १५ वडा स्वास्थ्य कार्यान्वयन समितिको साधारण सभा सम्पन्न भएको छ ।
स्वास्थ्य स्वयंसेवीको चाहना तपाइँ हामी स्वास्थ रहौ भन्ने भावना, महानगरपालिका, समाज कल्याण महाशाखा जनसंख्या शाखा अन्तर्गत ललितपुर महानगरपालिका वडा न १५ वडा स्वास्थ्य कार्यान्वयन समितिको २५ औं साधारण सभा गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित स्वेत बाराहीमा सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिका वडा न १५ का वडा अध्यक्ष सुरेश बहादुर शाहीको सभापतित्वमा, डा रमेश अधिकारीको प्रमुख आथियतामा, वडा जनप्रतिनिधी शशिकला सुवेदी, निशा परियार, बैकुण्ठ राउत, र अनुप घिमिरे, वडा सचिव निरज श्रेष्ठ, सल्लाहकार नन्द गोपाल महर्जन, सदिप शाही, पुरुषोत्तम कार्की, वडा कर्मचारी, FCHV/WHICTHP स्वास्थ्य स्वयम् सेवकको उपस्थिति रहेको थियो ।
१५ का वडा अध्यक्ष सुरेश बहादुर शाहीले महिला स्वास्थ्य स्वयंसेविकालाई अझ प्रभावकारी सेवा प्रदान गर्न तालिमको व्यवस्था गरिदै लैजाने बताउनु भयो । जेष्ठ नागरीकको स्वास्थ्य अवस्थाको बिशेष ध्यान दिएर नियमित घरदैलो अभियान संचालन गरिने बताउनु भयो । साथै, उहाँले वडा बस्तीमा गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य हेरचाह तथा अन्य काममा दिनरात नभनी खटिने भएकाले पालिकाबाट थप प्रोत्साहन माग गरिने बताउनुभयो ।
प्रमुख अतिथि डा रमेश अधिकारीले स्वास्थ्य संस्थाको अनुगमन व्यवस्थित बनाइने बताउनु भयो । महिला स्वास्थ्य स्वयंसेवकाप्रति उच्च सम्मान गर्दै १५ नं वडामा रहेको स्वास्थ्य सस्थालाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
WHIC सचिव पुजा रेग्मीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
१५ वडा स्वास्थ्य कार्यान्वयन समितिको २५ औं साधारण सभा बाट ७ बुदे भावी योजना पारित गरिएको छ ।
१ क्षमता अभिबृदि तथा अवलोकन भ्रमण कार्यक्रम गर्ने ।
२ किशोर किशोरीहरुलाई स्वास्थ्य शिक्षामा जोड दिने ।
३ सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई बैठकमा सहभागी भए बापत खाजा खर्च माग गर्ने ।
४ जेष्ठ नागरीकहरुको घर-घरमा गइ सुगर र BP जाच गर्न जान्ने गरी तालिमको माग गर्ने ।
५ स्वास्थ्य स्वयमसेवकसेवीकाहरुको जीवन बिमा गराउने ।
६ प्रत्येक महिनाको १५ गते FCHV / WHICTHP सबै महानुभावहरुलाई बैठकमा सहभागी गराउने ।
७ ललितपुर महानगरपालिकाबाट आउने सम्पुर्ण कार्यक्रम संचालन गर्ने ।