September 10, 2024
आइपीएम फ्लोअप

प्राविधिक सीप र व्यक्तित्व विकासका लागि तालिम

भक्तपुर, आइतबार, १३ साउन २०८१ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुई दिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन भएको छ ।

एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटो पत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो। तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताउनुभयो ।

दुई दिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराउनुभयो ।

व्यक्तित्व विकाससम्बन्धी अक्षरा स्कुलका प्रमुख कार्यकारी अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटोपत्रकारको व्यक्तिव विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिनुभयो ।

उहाँले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटोपत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराउनुभयो ।

Leave a Reply