ललितपुर, शुक्रबार, १८ साउन २०८१ । गोदावरी नगरपालिका वडा नं. १२ ठेचोकी वासिन्दा एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीलाई मंगलबार जन्म दिनको अवसरमा कदर पत्रद्धारा सम्मान गरेको छ ।
सामाजिक अभियन्ता क्षेत्रीले सामाजिक,धार्मिक एवं सरसफाइको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै प्रसिद्ध ढल्केश्वर महादेव मन्दिरका संस्थापक पिठाधिस श्री १००८ स्वामी निजानन्दले कदर पत्र,रुद्राक्षको माला,आशिषसहित सम्मान गर्नु भएको हो ।
विगत लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल क्षेत्री वेथेगल टोल विकास समिति अध्यक्ष,गोदावरी उद्योग वाणिज्य संघ संस्थापक महिला सदस्य, वाग्मती प्रदेश महिला उद्यमी महासंघ सदस्य, हाम्रो शोभा गृह संरक्षक, श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पूर्वअध्यक्ष र नवगठित ठेचो महिला समूहकोसमेत अध्यक्ष हुनुहुन्छ ।