September 10, 2024
मनोरञ्जन

लक्जरी इभेन्ट एण्ड इन्टरटेन्टमेन्टको आयोजनामा ललितपुरमा दर खाने कार्यक्रम

ललितपुर, शनिबार, भाद्र १ २०८१ । ललितपुरमा हरितालिका तीज दर खाने कार्यक्रम हुने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीजको शुभकामना आदानप्रदान गर्ने उदेश्यले दर खाने कार्यक्रम गरिएको तीज कार्यक्रम संयोजक पुजा रेग्मीले जानकारी दिनु भयो । वर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै समाजले गर्ने कार्यक्रमा सक्रियताको साथ उपस्थित हुन उहाँले आग्रह गर्नु भयो ।

दर खाने कार्यक्रममा वरिष्ठ हास्यं कलाकार किरण के सी (राता मकै) केशव सापकोटा, गायक उद्वव घिमिरे, गायिका मनु थामी, निरु कार्की लगायत ख्याती प्राप्त कलाकारको बिजोड प्रस्तुति रहने संयोजक रेग्मीले बताउनु भयो ।

लक्जरी इभेन्ट एण्ड इन्टरटेन्टमेन्टको आयोजनामा हुन लागेको हरितालिका तीज दर खाने कार्यक्रम भाद्र १४ गते महालक्ष्मी मन्दिर नजिकै रहेको डिलाइट पार्टी भेन्युमा दिउसो २ बजेदेखि कार्यक्रम सुरु हुने आयोजलले जनाएको छ ।

Leave a Reply