काठमाडौँ, सोमबार, ३ भाद्र २०८१ । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जित्नुभएको छ । नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आउनुभएकी तामाङले शनिबार बेलुका आयोजित ग्राण्ड फिनालेमा उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
यो जितसँगै उहाँले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट हृयाम्पर प्राप्त प्राप्त गर्नुभएको छ । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान प्रदान गर्नुभएको थियो ।
कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिष्ट हुनुहुन्थ्यो । कोच छेवाङ लामाको टिमबाट द्वीतिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
यसअघिका सिजनमा पनि प्रमोदको टिमबाट विजेता बनेका थिए । जेनिस उप्रेती पहिलो सिजनको विजेता बन्दा दोस्रो सिजनको उपाधि स्पन्दन सुब्बाले जित्नुभएको थियो ।