गोरखा, सोमबार, १७ भाद्र २०८१ । तीज पर्वलाई भड्किलो नबनाउन जिल्ला प्रसासन कार्यालय गोरखाले आज आग्रह गरेको छ ।
पर्व मनाउने वाहानामा तीजको एक महिना अघिदेखि नै होटल तथा रेष्टुुरेन्टमा खर्चिलो हुने दर खाने, तडकभडक देखाउने जस्ता कार्य भइरहेकोतर्फ लक्षित गर्दै प्रसासनले सांस्कृतिक पर्र्वलार्ई असल संस्कारको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिएको हो ।
आफ्नो परम्परा एवंं सामाजिक रीतिरिजावलार्ई मौलिक संस्कृतिको संरक्षण र सम्बद्र्धृन गर्र्नुवाहेक तीजसंग सम्बन्धित कुनै पनि खर्चिला र भड्किला कार्यक्रम नगर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रविन्द्र घिमिरेले जानकारी दिनुभयो ।
‘‘जिल्लामा विगतको तुलनामा पछिल्ला वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडक भडकसहितका खर्चिलो कार्यक्रम बढ्दै गएको देखिएको छ, उहाँले भन्नुभयो, ‘‘पर्व मनाउने सन्दर्भमा भइरहेको अनावश्यक फजुल खर्च नियन्त्रण गर्नुपर्ने अवस्था छ ।’’
प्रशासनले अनावश्यक र अवान्छित हुने गरि तीजका कार्यक्रम भएको पाइएमा कानुन वमोजिम कारवाही गर्ने उहाँले बताउनुभयो । ‘‘प्रशासनको आग्रहलाई अटेरी गरी कोही कसैले अनावश्यक, अवान्छित हुने गरी तीजका कार्यक्रमको आयोजना गरे,गराएको पाइएमा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ अनुरुप कारवाही हुन्छ, अधिकृत घिमिरेले भन्नुभयो, ‘‘तीज पर्वलाइ असल संस्कार र संस्कृतिको रुपमा विकास गर्दे जानु हामी सवैको कर्तब्य हो ।’’