September 10, 2024
मनोरञ्जन

ललितपुरमा तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न

ललितपुर, बिहिबार, १९ भाद्र २०८१ । ललितपुरमा हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ । लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा तीज विशेष साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको हो ।

लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टका सञ्चालिका पूजा रेग्मीको सभापतित्वमा, ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जरी शाक्य बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

वर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै समाजले गर्ने कार्यक्रमा सक्रियता निरन्तर रहोस भनी महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीजको शुभकामना आदानप्रदान गर्ने उदेश्यले दर खाने कार्यक्रम गरिएको सञ्चालिका पूजा रेग्मीले जानकारी दिनु भयो ।

दर खाने कार्यक्रममा वरिष्ठ हास्यं कलाकार किरण के सी (राता मकै) केशव सापकोटा, गायक उद्वव घिमिरे, गायिका मनु थामी, निरु कार्की, प्रतिमा अर्याल, लगायत ख्याती प्राप्त कलाकारको बिजोड प्रस्तुतिका साथमा मनोरंजन प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १५ का वडा सदस्य बैकुण्ठ राउत, वडा सदस्य अनुप घिमिरे, सचिव निरन श्रेष्ठ,नुर स्मृति सेवा प्रतिष्ठानका सहदेव राउत, समाजसेवी तथा शान्तीनगर टोल सुधार समितिका गौरी लामा , समाजसेवी माधव प्रसाद नेपाल, सातदोवाटो यूथ क्ल्वका कपिल राना लगायत अन्य अतिथि महानुभावको बाक्लो उपस्थिति रहेको थियो ।

लक्जरी इभेन्ट एण्ड इन्टरटेन्टमेन्टको आयोजनामा हरितालिका तीज दर खाने बिशेष कार्यक्रम महालक्ष्मी मन्दिर नजिकै रहेको डिलाइट पार्टी भेन्युमा सम्पन्न भएको थियो ।

Leave a Reply