September 10, 2024
शिक्षा

गोरखाको भिमसेनथापा गाउँपालिकामा शिक्षक दरबन्दी मिलान विवाद सहमति

गोरखा, बुधबार, १९ भाद्र २०८१ । गोरखाको भिमसेन थापा गाउँपालिकामा भएको शिक्षक दरबन्दी मिलान सम्बन्धी विवादमा सहमति भएको छ । गाउँपालिका, पालिका भित्रका राजनीतिक दल र आन्दोलनरत विद्यालय व्यवस्थापनका समितिकाका प्रतिनिधि तथा अभिभावक विच तत्कालका लागि पालिकाले गरेको निर्णय कार्यान्वय गरेर जाने गरी सहमति भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

गाउँपालिकाले असार ४ गते गाउँ कार्यपालिकाको बैठकबाट सर्वसम्मत दरवन्दी मिलान तथा शिक्षक विद्यार्थी अनुपात समयोजन सम्बन्धी निर्णय गरी दरवन्दी मिलान गरेर शिक्षक सरुवा गरेको बिषयलाई लिएर ध्याम्पेसालस्थित दुल्भव मा.विका अभिभावक र विद्यालय व्यवस्थापन समितिले बिरोध गरेको थियो ।

पालिकाले दुल्लभ माविमा बढी रहेको गणित विषयको दरबन्दी कटौती गरी सिद्धकाली मा.विमा पठाउने र कनिष्ठताको आधारमा गणित शिक्षक राजुबाबु नेपालीलाई पनि तत्कालका लागि सोही विद्यालयमा हाजिर गराउने सहमति भएको हो ।

त्यस्तै दुल्लभ माविका विद्यालय र अभिभावकको मागलाई ध्यानमा राखी शिक्षक नेपालीलाई यथाशिग्र दरवन्दी मिलान गरी साविकै विद्यालयमा सरुवाका लागि विद्यालय व्यवस्थापन सिमितले विधिसम्मत बैकल्पिक शिक्षक सरुवा गर्ने गरी दरबन्दी मिलान सम्बन्धी निर्णय गरी पालिका शिक्षा शाखामा पेश गर्ने र कार्यापालिकाको बैठकले आवश्यक निर्णय गरी साविककै विद्यालयमा सरुवा प्रक्रिया अधि बढाउने सहमति भएको उहाँले बताउनुभयो ।

त्यस्तै, शिक्षा क्षेत्रको व्यापक सुधार गर्ने गरी शिक्षक व्यवस्थापनको अवधारणको बिषयमा आवश्यक कार्यविधि र मापदण्ड बनाउने, शिक्षा ऐन २०७७ को संसोधन मस्यौदालाई आवश्यक सुझाव दिई सम्बृद्ध बनाउने, खुल्ला बिज्ञापन गरे प्रधानध्यापकको व्यवस्थापन गर्ने, सिनियर, महिला दलित तथा जनजातीलाई प्रधानध्यापक बनाउन सहयोग गर्ने सहमति भएको पनि भएको छ ।

Leave a Reply