काठमाडौँ, बुधबार, ९ माघ २०८१ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिने…
काठमाडौँ, बुधबार, ९ माघ २०८१ । महान्यायाधिवक्ताको कार्यालयले आजीवन कैदको व्यवस्था कानुनमा राख्न नहुने धारणा दिएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सहभागी हुँदै महान्यायाधिवक्ता रमेश बडालले आजीवन कैदको व्यवस्था कानुनमा परिवर्तन हुनुपर्ने तर्क गर्नुभएको हो । कुनै एक कैदीलाई जन्मभर कैदमा राख्दा कारागारभित्र थ्रेट महसुस भएको उहाँले…
गोरखा, मंगलबार, ८ माघ २०८१ । यसअघि तीन पटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितिसकेको सिरानचोक गाउँपालिकाले चौथो पटक उपाधि हात पारेको छ । सोमबार पालुङटारमा सम्पन्न १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले हात पारेको हो । तीन पटक उपाधि विजेता बनेसँगै रनिङ शिल्ड पनि सो पालिकाले आफ्नो बनाइसकेको छ । सोमबार…
काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ । स्थानीय तहमा दैनिक प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै गएपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको हो । अहिले पनि कुल ७५३ मध्ये २४७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन…
काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न निकुञ्जका अधिकृतहरूले समयानुकूल हुनेगरी कानुन परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिए ।…
काठमाडौँ, आइतबार, ६ माघ २०८१ । ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवै पक्षमा खुलापन आवश्यक रहेको विज्ञहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५औँ रजत जयन्तीका अवसरमा आयोजित ‘ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी’ विषयक प्राविधिक सत्रमा धारणा राख्ने जानकारहरूले निजी क्षेत्र र सरकार दुवैमा खुलापन…
काठमाडौँ, आइतबार, ६ माघ २०८१ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य…
गोरखा, बिहिबार, ३ माघ २०८१ । उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन नतिजामा उल्लेख छ । गत आर्थिक बर्ष २०८०/८१ मा धार्चेको संस्थागत क्षमता स्वमूल्याकंन अंक ९४.७५ प्रतिशत रहेको छ ।…
युवराज सफलको प्रस्तुति रहेको "म त जिउदै मरेकी छु" गीतको भिडियो सार्बजनिक काठमाडौँ, बुधबार, २ माघ २०८१ । युवराज सफलको प्रस्तुति रहेको "म त जिउदै मरेकी छु" गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । म त जिउँदै मरेकी छु नामक वियोगान्त गीतमा निरा रानाभाटको सुमधुर आवाज रहेको छ । संगीत कृष्ण भारद्वाजको रहेको छ भने…
काठमाडौँ, मंगलबार, १ माघ २०८१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ । पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभएको हो । विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि…