खोटाङ, शुक्रबार, २ कात्तिक २०८१ । गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दीपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन् । खाल्लेबाट खानीडाँडातर्फ…