बेइजिङ, बुधबार, १९ मङ्सिर २०८१ । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा…
काठमाडौँ, बुधबार, १९ मङ्सिर २०८१ । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ…
काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ…
चितवन, सोमबार, १७ मङ्सिर २०८१ । जिल्लामा नेपाली कांग्रेस र एमालेबीच दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो । नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ । संयन्त्रमा कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज…
काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो ।…
काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले शुक्रबार एकैसाथ प्रधानमन्त्री ओलीको भ्रमणको कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय वार्ता हुने जानकारी दिएका छन् । प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि…
काठमाडौँ, बिहिबार, १३ मङ्सिर २०८१ । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड…
काठमाडौँ, मंगलबार, ११ मङ्सिर २०८१ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उक्त बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री…
काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १४.८…
काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । गत असोज ११ गते देशभर भएको अविरल वर्षका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट सुरक्षित स्थानमा सर्ने क्रममा आएको पहिरोमा परी ६ जना बालकले ज्यान गुमाएका थिए । घटनामा…