April 28, 2024
स्वास्थ्य

युनिमोल प्यारासिटामोल बिक्री वितरणमा विभागले लगायो रोक

काठमाडौँ, सोमबार, ५ चैत्र २०८० । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

विभागले अनुगमनका क्रममा संकलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकाले युनिमोल नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल ५०० एमजीको ब्याच नं बीडीटी-२३६९, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोकी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न उत्पादक कम्पनीलाई निर्देशन पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *