Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeकृषिकपास फ्याक्ट्रीमा आगलागी : ४० लाखको क्षति

कपास फ्याक्ट्रीमा आगलागी : ४० लाखको क्षति

बिर्तामोड, शुक्रबार, २ कात्तिक २०८१ । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । शुक्रवार बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहमदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।

बिर्तामोड, मेचीनगर, भद्रपुर नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको जनाइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको