Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeपालिका विशेषपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

वालिङ, स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आईसिसि) को आयोजनामा ‘स्याङ्जा आईसिसि प्रथम भलिबल कप’ सुरु भएको हो ।

स्याङ्जाको वालिङ खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ११ वटै पालिकाको सहभागिता रहेको आईसिसिका अध्यक्ष वीरेन्द्रजंग केसीले जानकारी दिनुभयो । प्रतियोगिताको गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति तथा सांसद भोजराज अर्यालले शुभारम्भ गर्नुभएको हो ।

प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुने समूहले एक लाख रुपियाँ, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार रुपियाँ र २५ हजार रुपियाँ प्राप्त गर्ने खेलका व्यवस्थापक गुप्तप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

स्याङ्जाबाट रोजगारी तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेकाहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

दसैँ र तिहारको अवसर पारेर पहिलोपटक समितिले पालिका स्तरको भलिबल प्रतियोगिता गरेको हो । ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने नाराका साथ स्थापना भएको समितिको विभिन्न २० देशमा राष्ट्रिय समितिहरु छन् । प्रतियोगिताका लागि भनेर विभिन्न देशबाट प्रतिनिधिहरु जिल्ला आइपुगेका छन् ।

पाँच नगरपालिका र ६ गाउँ पालिकालाई चार वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिता कात्तिक ५ गते सम्म सञ्चfलन हुने आयोजकले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको