Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeसहकारीरविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने

रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने

काठमाडौँ, शनिबार, ३ कात्तिक २०८१ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गर्न अनुमति पाएको छ ।

जिल्ला प्रहरी कास्कीले कृष्णबहादुर जैसीसमेतको जाहेरीमा दुईवटा कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार दुवै कसुरमा रविलाई पक्राउ गर्न अनुमति दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अनधिकृतरूपमा गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको कसुरमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा रहेका रविलाई आजै पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिनेछ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको