गोरखा । एकिकरण नेपाल गोरखाले शहिद लखन गाँउपालिकाको ४८ वटा बालबिकास केन्द्रमा बाल विकास कोष स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको आर्थिक सहयोग तथा गाँउपालिकासंगको समन्वयमा उक्त विद्यालयहरुमा प्रति बालबिकास केन्द्र रु २५ हजारको दरले साहयता उपलब्ध गराएको हो ।
एक औपचारिक कार्यक्रम विच शहिद लखन गाँउपालिकाको अध्यक्ष रमेश वावु थापा मगरले सवै विद्यालयहरुलाई रु २५ हजारको दरले चेक हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापा मगरले स्थापित कोषलाई चुस्त, दुरुस्त वनाई प्रयोग गर्नुपर्ने विद्यालयको दायित्व भएको वताए । कुल ४८ विद्यालयमा १२ लाख लगानी पालिकाको लागि महत्वपुर्ण र ठुलो रकम भएको वताउदै यसलाई बालबालिकाको बौद्धिक विकासमा खर्च गर्दै कोषको समेत बृद्धि हुने गरि काम गर्न प्रधानाध्यापकहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले प्रारम्भिक बाल विकासमा लगानी गर्दा सवल र शिक्षित नागरिक उत्पादन हुने बताउनु भयो ।
प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको कार्यक्रम सल्लाहकार बुद्धि कुमार श्रेष्ठले बाल विकास कोषको स्थापना बालबालिकाको सर्वागिण विकासमा जोडिएको बताउनु भयो ।
एकिकरण नेपाल गोरखाले विगत एक वर्ष देखि फ्रान्स सरकारको आर्थिक सहयोग तथा प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको प्राविधिक सहयोगमा गाँउपालिकामा बाल विकासमा काम गरिरहेको छ ।