Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeपालिका विशेषपाँचौं बारपाक सुलिकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि माझथर मा बि को हातमा

पाँचौं बारपाक सुलिकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि माझथर मा बि को हातमा

गोरखा, आइतबार, ११ कात्तिक २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ । गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल २२ पदक जितेर माझथर मावि उपाधि बिजेता बनेको गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताउनु भयो ।

उक्त बिद्यालयले ३० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यससँगै लगातार ३ वर्ष विजेता बन्दै माझथर माविले बारपाक सुलिकोट गाउँपालिकाको रनिङ शिल्डमा आफ्नो स्वामित्व समेत हाँसिल गरेको छ । त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ काँस्य गरि कूल १९ पदक सहित सूर्यज्योति मावि उपाधि उपबिजेता बनेको छ ।

उक्त बिद्यालयले २० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । २ स्वर्ण, २ रजत र १ काँस्य गरि कूल ५ पदक सहित तेस्रो स्थान हासिल गरेको शैलपुत्री माविले १० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा भलिबल खेलको छात्रतर्फ दुर्गा माविका कविराज विक र छात्रातर्फ माझथर माविका पूजा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै गरि कबड्डी खेलको छात्रतर्फ सूर्यज्योति माविका सन्देश श्रेष्ठ र छात्रातर्फ सूर्यज्योति माविकै अञ्जना परियार उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एथलेटिक्समा छात्रतर्फ सूर्यज्योति माविका पविन रम्तेल र छात्रातर्फ माझथर माविका पुनम गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

विजेता टिमलाई गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले पुरस्कार वितरण गर्नु भएको थियो । सो प्रतियोगितामा १० वटा माध्यामिक र २ वटा आधारभूत गरि जम्मा १२ वटा विद्यालयका चार सय विद्यार्थीको सहभागिता रहेको थियो ।

बिहीबाट शनिबारसम्म्म संचालन भएको प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबल गरि कूल ३० विधामा प्रतिस्पर्धा भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले खेलकूद प्रतियोगिताले खेलाडीको अनुशासन, खेलभावनाको विकास र सर्वाड्गीण विकास टेवा पु¥याउने बताउनु भयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको