Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeविज्ञान प्रबिधिगोरखाको बारपाक सुलिकोटमा बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

गोरखाको बारपाक सुलिकोटमा बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

गोरखा, सोमबार, १२ कात्तिक २०८१ । बारपाक सुलिकोट गाउँपालिकामा बर्षा तथा तापक्रम मापन गर्ने यन्त्र जडान गरिएको छ । गाउँपालिका र संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको साझेदारीमा यन्त्र जडान गरिएको हो । पालिकाको प्रशासनिक भवन परिसरमा यन्त्र जडान भएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।

‘बर्षा मापन गर्ने रेनगज र तापक्रम र आद्रता (हावामा पानीको मात्रा) मापन गर्ने एनएस २०० सेन्सर यन्त्र जडान गरेका छौ,’ उहाँले भन्नुभयो, ‘मोनिटर पालिकाको प्रशासनिक भवन भित्र राखिएको छ ।’ उक्त यन्त्रबाट प्राप्त अघिल्लो २४ घण्टाको डाटाबाट पछिल्लो २४ घण्टाको तापक्रम र बर्षा हुने नहुने अनुमान गर्न सकिने जानकारी दिनुभयो ।

‘अहिले किसानको खेतीवाली भित्र्याउने सिजन पनि छ, पछि खेतीवाली लगाउने सिजनमा पानी पर्छ–पर्दैन र मौसम कस्तो हुन्छ भनेर सचेत गराउन पनि सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, बर्षात र बाढीबाट हुने विपद न्यूनिकरणमा पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको