Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeबिशेषनिर्मला कुर्मीका लागि न्याय मागिरहेकाहरू र सरकारबीच सम्झौता

निर्मला कुर्मीका लागि न्याय मागिरहेकाहरू र सरकारबीच सम्झौता

काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेकाहरूसँग सरकारले सम्झौता गरेको छ । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

रुबी खानलगायत महिलाहरूले २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए । उनीहरूले निर्मला कुर्मीको मुद्दा अदालत पुर्‍याउनुपर्ने मुख्य माग राखेका थिए ।

०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो ।

कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्‍याएको छैन ।

सम्झौता पत्र

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको