Tuesday, March 18, 2025
12.1 C
Kathmandu
Homeआईपीएम फलोअपसामुदायिक रेडियोका लागि मिडिया र सूचना साक्षरतासम्बन्धी मार्गनिर्देशिका तयार

सामुदायिक रेडियोका लागि मिडिया र सूचना साक्षरतासम्बन्धी मार्गनिर्देशिका तयार

काठमाडौँ, बुधबार, १४ कात्तिक २०८१ । नेपालका सामुदायिक रेडियोका लागि मिडिया र सूचना साक्षरतासम्बन्धी मार्गनिर्देशिकाबारे आज छलफल भएको छ । मार्गनिर्देशिकाको मस्यौदा प्रस्तुत गर्दै त्यसमाथि विज्ञ तथा सरोकारवालाको सुझाव लिएर मार्गनिर्देशिकालाई अन्तिम रुप दिइएको छ ।

पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सामुदायिक रेडियोले सत्यतथ्य निष्पक्ष समाचार तथा प्रसारण सामग्री उत्पादनका लागि सहज हुने गरि मार्गनिर्देशीका तयार पारिएको सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीेले बताए ।

युनेस्को नेपालको सहयोग, सीएमआरको प्राविधिक सहयोगमा तयार पारिएको मार्गनिर्देशीकाको मस्यौदा प्रस्तुत गर्दै सीएमआरका कार्यकारी प्रमुख उज्ज्वल आचार्यले अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि प्रविधिको विकाससँगै अवसर र चुनौति एकसाथ सिर्जना भएको बताए । यस्तो अवस्थामा नेपालका साुमदायिक रेडियोले सूचना र साक्षरता एकसाथ प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

मार्गनिर्देशीकामा खासगरि दुई पक्ष पहिलो, सामुदायिक रेडियोले समाचार र सामग्री निर्माण गर्दा मिडिया र सूचना साक्षरताका तथ्यजाँचजस्ता सिद्धान्त अवलम्बन गर्ने अभ्यास र दोस्रो, स्रोताहरूमा मिडिया र सूचना साक्षरता अभिवृद्धिका कार्यक्रम निर्माण र प्रसारण गर्ने प्रतिबद्धता रहेको छ । जसमा सामुदायिक रेडियोका सामग्रीका लागि अभ्यास अन्तर्गत समाचार तथा कार्यक्रम निर्माणका क्रममा सामग्रीको तथ्यजाँच गरी सत्यतथ्य सूचना प्रवाह गर्ने, भूल त्रृटी सच्याउने, उपलब्ध डिजिटल प्लेटफर्महरूमार्फत आफ्ना कार्यक्रमहरू प्रसारण गर्ने, भण्डारण गर्ने र स्रोताहरूसँग प्रत्यक्ष सम्वाद गर्ने र सम्पर्कमा रहनेलगायतका विषय छन् ।

सामुदायिक रेडियोमार्फत् मिडिया र सूचना साक्षरता अभिवृद्धि अन्तर्गत सामुदायिक रेडियोहरूले समुदायमा मिडिया र सूचना साक्षरताका मूल सन्देशहरू प्रवाह गर्ने जनचेतनामूलक कार्यक्रम र लोककल्याणकारी विज्ञापनको निर्माण र प्रसारणमा जोड दिँदै मिथ्या सूचना पहिचान गर्ने तरिकाबारे नियमित कार्यक्रम, डिजिटल सुरक्षा र साइबर अपराधबारे सचेतना जगाउने कार्यक्रम, सोसल मिडियाको सुरक्षित प्रयोगसम्बन्धी सामग्री समेटिएका कार्यक्रम प्रसारण गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल चेकका प्रमुख दीपक अधिकारीले निश्चित सामुदायिक रेडियोबाट प्रसारण हुने समाचारको तथ्य जाँच गर्नुपर्ने बताए । रेडियोबाट विभिन्न विषयमा अतिथिले बोल्ने विषयलाई नै अन्तिम सत्य मान्ने चलन कायम रहेकाले यस विषयमा पनि तथ्य जाँच आवश्यक रहेको उनको भनाइ थियो ।

टेक जोर्नो फोरमका अध्यक्ष उमेश पौडेलले विशेष गरि निर्वाचनका समयमा सामुदायिक रेडियोले पनि पक्षपातपूर्ण सामग्री प्रसारण गर्ने गरेको भन्दै यसतर्फ पनि सचेत हुनुपर्ने बताउनुभयो । बिबिसी मिडिया एक्सनका विकास राईले सञ्चार गृह तथा सञ्चारकर्मीको क्षमता विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा रेडियो नेपालका उपनिर्देशक जनार्दन बिष्टले सञ्चार र श्रोतालाई लक्षित गरि ल्याइएको मार्गनिर्देशीका उचित रहेको बताए ।

युनेस्कोका सञ्चार निर्जना शर्माले सूचना प्रवाह गर्ने सञ्चारकर्मी नै क्षमताको अभावमा प्रभावित भइरहेको बताइन् । सीआईएनका प्रबन्धक दीपक आचार्यले विश्वव्यापी सञ्चार तथा सूचना साक्षरता सप्ताहको अवसर पारेर मार्गनिर्देशिका तयारका लागि सामुदायिक रेडियोकर्मीहरुसँग भरच्यूएल छलफल तथा प्रत्यक्ष छलफल गरे सबै सरोकारवालाको सुझाव समेटेर मार्गनिर्देशिका तयार पारिएको र यसमा आएका सुझावहरुलाई समेट्दै परिमार्जन गर्दै जाने बताए ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको