Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeप्रवासटोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल-२०२४ को तयारी तीव्र

टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल-२०२४ को तयारी तीव्र

बिहिबार, २२ कात्तिक २०८१ । जापानको टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल २०२४ को तयारीलाई तीव्र पारिएको छ ।

फेस्टिबलका लागि आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम् सेवकका लागि आवेदन र विभिन्न वेशभूषा मौलिक कला संस्कृति र नेपाली संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुकहरूलाई सम्पर्क गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिबलमार्फत् नेपालमा पर्यटन प्रवर्द्धन भन्ने मूल मान्यताका साथ आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिबल हुन लागेको हो

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिबल हुन लागेको हो ।

१४ औं नेपाल फेस्टिबल सञ्चालन हुने स्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रूपमा पुगेको जानकारी दिँदै फेस्टिबल मूल आयोजक समितिका उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षमा भन्दा यस वर्ष स्टलको संख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने बताए ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य भइरहेको प्रवक्ता खगराज गौतम बताए ।

१४ औं नेपाल फेस्टिबल-२०२४ का लागि स्टल बुकिङ खुला गरिएको छ ।

नोभेम्बर १० तारिखसम्म स्टल बुकिङका लागि समय निर्धारण गरिएको स्टल व्यवस्थापन उप समितिका संयोजक तथा एनआरएनए जापानमा उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।

स्टलहरूलाई व्यवस्थित, छरितो र व्यवसायीमैत्री बनाउन यस पटक रेष्टुरेन्ट अर्थात् फुड स्टल प्रयोजनका लागि 6m/ 3m का १२ वटा र अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि 3m/3m का २५ वटा गरी कुल ३७ स्टल रहने भएको छ ।

फेस्टिबल स्थलमा रहने स्टलहरूमा रेष्टुरेन्ट अर्थात् फुड स्टलका लागि तोकिएका स्टलहरूको प्रति स्टल ४० मान जापानी येन भाडा दर र ५ मान येन डिपोजिट गरी ४५ मान येन शुल्क तोकिएको छ भने अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि छुट्याइएको प्रति स्टलको लागि १६ मान येन भाडा शुल्क निर्धारण गरिएको संयोजक श्रेष्ठले बताए ।

कार्यक्रम सञ्चालन हुने स्थल र त्यस वरपर नेपाल फेस्टिबललाई व्यवस्थित बनाउन, आगन्तुक तथा दर्शकहरूको सहज आवतजावत र दृष्यावलोकन गर्न गराउन सहयोग पुर्याउन इच्छुक व्यक्ति तथा संघसंस्थालाई स्वयम् सेवकको रूपमा कार्य गर्न आवेदन खुला गरिएको स्वयम् सेवक परिचालन उप समितिका संयोजन तथा एनआरएनए जापान क्षेत्रीय समन्वय परिषद् कान्तोका संयोजक सागर कार्कीले जानकारी दिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img