काठमाडौँ, बिहिबार, २२ कात्तिक २०८१ । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि लाई हस्तान्तरण गरेको छ। त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि. पश्चिम नेपाल बस ब्यबसायी प्रा. लि. र भेरी यातायात प्रा.लि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ। कार्यक्रममा समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।
TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।
“अत्याधुनिक BS6 इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी MAGNA गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ।“ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए ।
यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क रहेको थियो ।