Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeखेलईन्टर कलेज ई स्पोर्ट्स साउथ वेस्टन कलेजमा हुने

ईन्टर कलेज ई स्पोर्ट्स साउथ वेस्टन कलेजमा हुने

ललितपुर, शुक्रबार, ३० कात्तिक २०८१ । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप आगामी पौष २६ र २७ गते हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पौषको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।

प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि-फायर गरी चार विधालाई समावेश गरिएको छ । करिब ५ लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । ईशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता मङ्सिर २ गतेदेखि सुरु हुनेछ र मङ्सिर ३० गतेसम्म चल्नेछ । छनोट खेल अनलाईनमार्फत र फाइनल खेल ल्यान ईभेन्टको रुपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ ।

प्रतियोगितामा देशभरका कलेजबाट सहभागीता जनाउने सकिने आयोजक संघका सचिव आशिष दाहालले बताए । सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् । खेलाडीको सिफारिससँगै सहभागी हुने सम्बन्धित कलेजले ईशानको ई स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्र समेत दिनुपर्नेछ ।

खेलाडीको ग्रासरुट मानिने विद्यालय कलेजमा ई स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्धेश्यले प्रतियोगितासँगै सबै कलेजमा ई स्पोर्ट्स क्लब बनाउन लागिएको दाहालले बताएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको