Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeनिर्वाचन गतिबिधीनेकपा एमालेबाट गोरखा नगरपालिका ५ मा दुर्गा उम्मेद्बार

नेकपा एमालेबाट गोरखा नगरपालिका ५ मा दुर्गा उम्मेद्बार

गोरखा, शनिबार, १ मङ्सिर २०८१ । गोरखा नगरपालिका वडा नम्वर ५ मा उपनिर्वाचनको चहल पहल बढेको छ ।

गोरखा नगरपालिका वडा नम्वर ५ को वडाअध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले दुर्गा माया रानामगरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । खिल बहादुर रानाको निधन भएपछि वडा अध्यक्षको पदका लागि दुर्गा माया रानामगरलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

बि स २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो । माओवादी दोस्रो बनेको थियो भने एमाले तेस्रो बनेको थियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउँदै एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बनेका थिए । २६ मतले हारेर कांग्रेस दोस्रो बनेको थियो भने माओवादी तेस्रो बनेको थियो ।

आगामी मङ्सिर १६ गते हुने उप निर्वाचनमा कसले बाजी मार्ला भनेर सहजै अनुमान गर्न कठिन छ । तीन दलबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । तीनै दलहरु आफू जित्नेमा ढुक्क छन् ।

उपनिर्वाचनका लागि आवश्यक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ । मङ्सिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ । उम्मेदवारको नाम फिर्ताका लागि मङ्सिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको