Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeमनोरञ्जनगोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै चलचित्र ‘रिमै’ को छायांकन सुरु

गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै चलचित्र ‘रिमै’ को छायांकन सुरु

गोरखा, बुधबार, ५ मङ्सिर २०८१ । चलचित्र ‘रिमै’ को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए ।

चलचित्रको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । चलचित्र अब एक महिना गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

चलचित्रमा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको चलचित्रमा बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको