Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeशिक्षाद्रव्यशाह क्याम्पस गोरखामा दुना–टपरी गाँस्ने तालिम

द्रव्यशाह क्याम्पस गोरखामा दुना–टपरी गाँस्ने तालिम

गोरखा, शनिबार, ८ मङ्सिर २०८१ । गोरखामा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुना–टपरी गाँस्ने तालिम दिएको छ ।

क्याम्पस प्रमुख एकदेव अधिकारीले भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको बताए । ‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।’

स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको अधिकारीको भनाइ छ । तालिमले उनीहरुमा उत्साह भरेको छ ।

क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरुका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको