Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeनिर्वाचन गतिबिधीउपनिर्वाचन मङ्सिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस

उपनिर्वाचन मङ्सिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । मङ्सिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउने सम्बन्धमा आवश्यक निर्णय गरेको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

जसअनुसार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको उहाँले बताउनु भयो ।

साथै, मङ्सिर १४ देखि १६ गते मतदान सम्पन्‍न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्‍ठान वा अन्य सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img