Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeसंस्कृतिललितपुरमा आदिबासी सांस्कृतिक महोत्सव हुने

ललितपुरमा आदिबासी सांस्कृतिक महोत्सव हुने

काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । ललितपुर महानगरपालिका वडा १६ ले आदिबासी जनजाति सांस्कृतिक महोत्सव २०८१ गर्ने तयारी गरेको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

यहि मङ्सिर २८ देखि ३० गतेसम्म चल्ने महोत्सवमा आदिबासीको खाना परिकार, सांस्कृतिक नृत्य, आदिबासी चलचित्र तथा बृत्तचित्र प्रदर्शन, आदिबासी पोशाक तथा गीत प्रदर्शन गर्ने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा उपसमितिहरु निर्माणको काम भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । वडा कार्यालयसहित बौद्ध विहार संघ, नेपाल हस्तकला महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवा राष्ट्रिय पत्रकार दवु, ज्यापू समाज, यल नेवा समाज, आदिबासी जनजाति महिला महासंघ, नेपाल लोकतान्त्रिक जनजाति महासंघ, ललितपुर उद्योग बाणिज्य संघ, आदिबासी कलाकार समिति लगायत २३ वटा संस्था आयोजक रहेका छन् ।

तीन दिनसम्म आयोजना हुने महोत्सवका लागि १० लाख रुपियाँको बजेट रहेको वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयो । आदिबासीको भाषा, संस्कृति, र संस्कारजन्य वस्तुको प्रवर्धन र संरक्षण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक समेत आकर्षित हुने बुझाइ आयोजकहरुको छ ।

स्थानीय उत्पादनको प्रवर्धन तथा आय आर्जन बृद्धि हुने विश्वास पनि गरिएको छ । महोत्सवको तयारीका लागि आज सरोकारवाला संस्थाका पदाधिकारीविच छलफल भएको छ । सो अवसरमा वडा अध्यक्ष शाक्य, फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीसहितले महोत्सवको आवश्यकता र गर्नुपर्ने तयारीका बारेमा सुझाव दिनुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको