Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeप्रदेश विशेषलुम्बिनी प्रदेश प्रमुख कार्यालयमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता

लुम्बिनी प्रदेश प्रमुख कार्यालयमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता

धनगढी, शनिबार, १५ मङ्सिर २०८१ । सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँ र लुम्बिनी प्रदेश प्रमुख माननीय कृष्णबहादुर घर्ती मगरबीच आज भेटवार्ता भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख कार्यालयमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको हो ।

आज शनिबार भएको भेटवार्तामा समसामायिक विषयमा छलफल भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँले लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरलाई सुदूरपश्चिम प्रदेशको भ्रमणको निम्तो दिनु भयो । सुदूरपश्चिमको निम्ति स्वीकार गर्दै लुम्बिनी प्रदेश प्रमुखले आगामी २१ गते भ्रमणमा आउने बताउनु भएको छ ।

भेटमा संविधान सभा सदस्य नेत्र पन्थी, लुम्बिनी प्रदेशका सचिव वेद प्रसाद खरेल, प्रमुख स्वकीय सचिव दलमन पुनमगर, सुदूरपश्चिम प्रदेश प्रमुख प्रमुख स्वकीय सचिव साबिर अली, लुम्बिनी प्रदेश सह-स्वकीय सचिव अजय कुमार महरा राजनीतिक सल्लाहकार लीलाधर आचार्य उपस्थित रहनु भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको