Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeनिर्वाचन गतिबिधीकाठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।

निर्वाचन आयोगका अनुसार उहाँले एक हजार ५८४ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गर्नुभयो । उता नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले एक हजार ११८ मत प्राप्त गर्नुभएको छ ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको