Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeनिर्वाचन गतिबिधीमहाबु गाउँपालिका दैलेखको अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

महाबु गाउँपालिका दैलेखको अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।

यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए ।

एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् ।

बि स २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए ।

बि स २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाटे उठेका उनी २२६८ मत ल्याएर तेस्रो भएका थिए ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको